नियम २०
पुनरावेदन समितिको सचिवालय र कर्मचारी सम्बन्धी व्यवस्था –
(१) पुनरावेदन समितिको सचिवालय प्राधिकरणले तोकिदिएको स्थानमा रहनेछ ।
(२) प्राधिकरणको कानून सम्बन्धी काम हेर्ने अधिकृतले पुनरावेदन समितिको सचिव भई काम गर्नेछ ।
(३) पुनरावेदन समितिको लागि आवश्यक पर्ने अन्य कर्मचारीको व्यवस्था प्राधिकरणले गर्नेछ ।
(४) पुनरावेदन समितिको प्रशासनिक काम पुनरावेदन समितिको अध्यक्षको सामान्य नियन्त्रण र निर्देशनमा सचिव र अन्य कर्मचारीले गर्ने छन् ।
(५) पुनरावेदन समितिको सचिवलाई प्रचलित कानून बमोजिम पुनरावेदन अदालतको रजिष्ट्रारलाई भए सरहको अधिकार हुनेछ ।